शनिबार, जेठ ५, २०८१

कांग्रेस बैठक भोलि, कार्यसम्पादन समिति गठन एउटै एजेण्डा

मेरोन्यूज २०७८ माघ १३ गते १८:५३


काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसको केन्द्रीय समितिको भर्चुअल बैठक बस्ने भएको छ । शुक्रवार दिउँसो ३ बजेका लागि प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरवहादुर देउवाले भर्चुअल बैठक बोलाएका हुन् ।

Advertisement


केन्द्रीय कार्यासम्पादन समिति गठन एजेण्डामा छलफल गर्ने गरी देउवाले पार्टी बैठक बोलाएका हुन् ।

केन्द्रीय कार्यलयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक, वैठकका एजेण्डा र बैठक बस्ने समयका बारेमा जानकारी दिँदै केन्द्रीय सदस्य तथा पदाधिकारीका लागि भर्चुअल बैठकको लिंक एसएमएसमार्फत जानकारी गराइने पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया