शनिबार, जेठ ५, २०८१

राष्ट्रपति-प्रधानमन्त्री भेटवार्ता

संविधानको भावनाबमोजिम समयमै स्थानीय चुनाव गर्नुपर्छ : राष्ट्रपति

मेरोन्यूज २०७८ माघ १३ गते १८:०१

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरवहादुर देउवालाई संविधानले ब्यवस्था गरे अनुसार निर्धारित समयमै स्थानीय तहको चुनाव गराउन सल्लह दिएकी छिन् । आफुलाई नियमित भेटका रुपमा भेटन आएका प्रधानमन्त्री देउवासँग भण्डारीले समयमै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न आग्रह गरेकी हुन् ।

Advertisement


संविधान र निर्वाचन कानुन वाझिएको तर्क गदै सत्ता गठबन्धन दलले निर्वाचन कानुन संशोधन गरेर निर्वाचन मंसिरतिर धकेल्ने प्रयासमा लागिरहेका बेला राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीसँग त्यस्तो आग्रह गरेकी हुन् ।

कांग्रेसका सभापति समेत रहेका देउवाले निर्वाचन सम्वन्धी पार्टी निर्णय लिनका लागि शुक्रवार केन्द्रीय समिति बैठक बस्न लागेको पूर्वसन्ध्यामा प्रधानमन्त्री राष्ट्रपति भेटन शित्तल निवास पुगेका थिए ।

‘संविधानको भावनाबमोजिम समयमै स्थानीय निर्वाचन गर्नुपर्छ । अन्य निर्वाचनहरु पनि समयमै गरेर संविधानको पूर्ण कार्यान्वयनमा जोड दिनुपर्छ,’ भेटमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवासँग भनेको भनाई उदृत गर्दै राष्ट्रपतिका प्रेस सल्लाहकार टिका ढकालले जानकारी दिए ।

जवाफमा प्रधानमन्त्री देउवाले स्थानीय निर्वाचनबारे सबै दलहरुसँग परामर्श भइरहेको बताएका थिए । निर्वाचन आयोगले प्रधानमन्त्री लगायत मन्त्रीहरुलाई भेटेर वैशाखमा स्थानीय तहको चुनावको मिति तोक्न आग्रह गदै निरन्तर दवाव बढाईरहेको छ ।

‘संविधानको कार्यान्वयनमा सरकार प्रतिबद्ध छ, संविधानको मर्म र भावनाबमोजिम समयमै निर्वाचन हुन्छ, यसबारे सबैसँग सल्लाह गरेरै निष्कर्षमा पुग्छौं,’ देउवाको राष्ट्रपति सँग भनाई थियो ।

भण्डारी र देउवावीच झण्डै एक घण्टा सम्वाद भएको थियो ।

देउवाले बिहीबारको भेटमार्फत स्थानीय निर्वाचन र संसद् सञ्चालनका विषयमा राष्ट्रपतिमार्फत दलहरुबीच समन्वयको प्रयास गरेको स्रोतको भनाइ छ । एमालेले निरन्तर संसद अवरोध गरिरहेकोमा असन्तुष्ट बनेका प्रधानमन्त्रीले संसदको गतिरोध अन्त्यका लागि राष्ट्रपति ले पनि सवै राजनीतिक दलहरुसँग आग्रह गर्नुपर्ने धारणा देउवाको थियो ।

प्रतिक्रिया