सोमबार, वैशाख २४, २०८१

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि आक्रमणकाे प्रयास

मेरोन्यूज २०७८ माघ १३ गते १७:३३

काठमाडौं । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा। श्रीकृष्ण गिरीमाथि अज्ञात समूहले आक्रमणको प्रयास भएको छ । आज बिहान ११ बजे काँडाघारीको उकालोमा उनी चढेको ००२ झ ४९१५ नम्बरको सरकारी गाडीमा ढुंगा प्रहार गरिनुका साथै भौतिक आक्रमणको प्रयास गरिएको आयोगले जनाएको छ ।गिरीले आफू निवासबाट कार्यलयतर्फ जाँदैगर्दा सो आक्रमण भएको र प्रहरीमा उजुरीसमेत दिइसकेको बताए ।

Advertisement

गिरीमाथि भएको यो घटना अमानवीय र अनैतिक भएको भन्दै सो कार्यमा संलग्न समूहको पहिचान गरी कडाभन्दा कडा काबाही गर्न आयोगले विज्ञप्ति जारी गरेर माग गरेको छ ।

प्रतिक्रिया