सोमबार, वैशाख २४, २०८१

थप ८,०१७ जनामा कोरोना संक्रमण,१५ जनाको मृत्यु

मेरोन्यूज २०७८ माघ १३ गते १६:३१

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८ हजार १७ जना कोभिड १९ संक्रमित थपिएका छन् ।

Advertisement

स्वास्थ्य मन्त्रालयका अनुसार २१ हजार ८०८ नमुनामा परीक्षण गर्दा ८ हजार १७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पाँच हजार २९२ जना संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ९० हजार ५७६ पुगेको छ । आज १५ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।

योसँगै कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ११ हजार ६८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया