बिहीबार, वैशाख १३, २०८१

मोरङको उखुबारीमा बुधबार एउटा शव भेटिएकोमा आज पनि अर्को पनि शव भेटियो

मेरोन्यूज २०७८ माघ १३ गते १४:३८

मोरङ। मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरको बस्ती नजिकको उखुबारीको शव भेटिएको छ । बुधबार सोही उखुबारीमा भेटिएका दुई खल्डामध्ये एकमाशव भेटिएको थियो भने अर्को खाल्डो बिहीबार (आज) उत्खनन गरिएको थियो । पहिलो र दोस्रो खाल्डोको दुरी करिब २० मिटरको रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उक्त शवमा नुन पनि हालेको पाइएको छ । अहिले तालिमप्राप्त कुकुरसहितको अनुसन्धान टोली पनि घटनास्थलमा पुगेको छ।
बुधबार प्रहरीले खाल्डोमा अन्दाजी ३०–३५ वर्षीय पुरुषको शव फेला पारेको थियो ।

दुबै शव हेर्दा एकै पटक खाल्डो खनेर पुरेको हुनसक्ने प्रहरीको अनुमान छ । खाल्डो उत्खननका लागि जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीसहितको टोली घटनास्थलमा छ ।

प्रतिक्रिया