शनिबार, वैशाख ८, २०८१

कांग्रेस केन्द्रीय समितिको बैठक भोलि बस्दै

मेरोन्यूज २०७८ माघ १३ गते १४:१८

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् ।

उक्त बैठक कोरोना संक्रमणको जोखिम कारण केन्द्रीय समिति बैठक भर्चुअल बस्ने भन्ने महामन्त्री गगन थापाले जानकारी दिए । उनले भने,‘शुक्रबार ११ बजे बैठक बस्दैछ । ’
कांग्रेसको १४ औं महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएपछि तेस्रो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । भने कांग्रेसको विधान अनुसार १६८ जना केन्द्रीय सदस्य हुने व्यवस्था छ भने अहिले १४८ जना रहेका छन् ।


आज सभापति देउवाले निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गदैछन् । भने शेखर समुहले बैशाखमै स्थानिय तहको निवार्चन गर्नुपर्ने सार्न नपाइने भन्दै आएका छन् ।

प्रतिक्रिया