शुक्रबार, वैशाख १४, २०८१

बोलाइयो राष्ट्रियसभा बैठक

मेरोन्यूज २०७८ माघ १३ गते १४:१३


काठमाडौं । राष्ट्रियसभाको बैठक माघ १७ गतेका लागि बोलाईएको छ । माघ २ गते बोलाईएको बैठक अनिश्चितकालका लागि सूचना टाँस गरेर स्थगित गरेको राष्ट्रिय सभाले १७ गतेका लागि बैठक बोलाएको हो ।

राष्ट्रिय सभाका बैठक माघ १७ गगते एक बजे बस्ने गरी बोलाइएको संघीय संसदका महासचिव भरतराज गौतमले जानकारी दिए ।


‘राष्ट्रियसभा नियमावली २०७५ को नियम ६को उपनियम १ अनुसार सम्माननिय अध्यक्ष ज्यूले माघ १७ गते सामेबार दिउँसो १ बजेका लागि बैठक बस्ने गरी निर्धारण गर्नुभएको छ,’ महासचिव गौतमले जारी गरेको सूचनामा जनाईएको छ ।

प्रतिक्रिया