बिहीबार, चैत १५, २०८०

आहा राराको सेमिफाइनलको आज अन्तिम खेल, मनाङ र आर्मी भिड्दै

मेरोन्यूज २०७८ माघ १३ गते १४:०५

पोखरा । आहा रारा गोल्डकपअन्तर्गत आज अन्तिम सेमिफाइनल हुँदैछ । आजको खेलमा विभागीय क्लब त्रिभुवन आर्मीले मनाङ मस्याङदीको सामना गदैछ । मनाङ पुलिस क्लबलाई हराएर सेमिफाइनल प्रवेश गरेको हो भने आर्मीले थ्रि स्टारलाई हराएर मनाङसँगको भेट पक्का गरेको हो ।

सेमिफाइनलको पहिलो खेलमा एपीएफ क्लबले लिग लिडर मछिन्द्र क्लबलाई हराएर फाइनल प्रवेश गरिसकेको छ । फाइनल खेल शनिवार हुनेछ । विजेता टिमले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार पुरस्कार पाउनेछ ।

प्रतिक्रिया