शुक्रबार, वैशाख ७, २०८१

यातायात कार्यालयमा बिचौलियाको प्रवेश रोक्न मन्त्री दाहालको निर्देशन

मेरोन्यूज २०७८ माघ १३ गते १३:५९

काठमाडौं । वागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा बिचौलियाको प्रवेश रोक्न निर्देशन दिएका छन् ।

मन्त्री दाहालले बिहीवार ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयको अनुगमन गर्दै उनले बिचौलियाको प्रवेश रोक्नुपर्ने बताएका हुन् । ‘यातायात क्षेत्रको सुधारका लागि व्यावहारिक मात्रै नभई कानुनी कामलाई पनि अघि बढाएर लैजानेहोस्,’ उनले भने ।

उनले यातायात कार्यालयमा लाइसेन्स नवीकरणको समस्या बढिरहेकोले यसलाई पनि समाधान गरेर अघि बढ्ने बताए । ।

प्रतिक्रिया