बिहीबार, वैशाख १३, २०८१

एक्लो एमाले भारी हुने भएकाले गठबन्धन चुनावबाट भाग्न खोज्दैछ : विष्णु रिमाल

मेरोन्यूज २०७८ माघ १३ गते ११:१७

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् ।
बुधबार १९ सिटका लागि भएको राष्ट्रियसभा निर्वाचनमा एमाले एक सिट मात्र जित्दा बाँकी सत्ता गठबन्धनले हात पारेको थियो । ‘ अपहरित पुरानो जनमतको बलमा गठबन्धनले मनाउने अन्तिम उत्सव सकियो । चौतर्फी घेरा तोडेर विजयी सोनाम ग्याल्जेन शेर्पालाई हार्दिक बधाई ।’ उनले बिहीबार सामाजिक सञ्जालमा भनेका छन ।

उनले अहिलेको राष्ट्रियसभा निर्वाचन पुरानो जनमत रहेको उल्लेख गर्दै आगामी स्थानीय प्रदेश र संघीय निर्वाचन नै,रियल हुने बताएका छन् ।

अब हुने निर्वाचन ‘रियल’ हो, जसले नयाँ जनादशेको मानक तय गर्नेछ। स्पष्ट छ, निर्वाचन हुँदा एक्लो एमाले सिंगो गठबन्धनमाथि भारी हुने भएकैले उनीहरु चुनावबाट भाग्ने बहानावाजी गर्दैछन् । संविधान र कानुनमा छिद्र पार्दै त्यसबाट छिरेर मिहेनतका साथ जारी गरिएको संबिधान च्यात्ने धुनमा उनीहरु छन् सर्तक होऔं ! उनले लेखेका छन् ।

प्रतिक्रिया