बिहीबार, वैशाख १३, २०८१

स्थानीय निर्वाचनको विषयमा प्रधानमन्त्री देउवाले आयोगका पदाधिकारीसँग आज दिउँसो छलफल गर्दै

मेरोन्यूज २०७८ माघ १३ गते १०:४५

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनआयोगका पदाधिकारीसँग छलफल गर्ने भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा
निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरुसँग आज दिउँसो छलफल गर्न लागेका प्रधनमन्त्री देउवा निकट एक नेताले बताए ।

उक्त स्थानीय तह निर्वाचनको कानूनी र संवैधानिक जटिलताका बारेमा छलफल हुने बताइएको छ ।

आयोगले जेठ ५ गते हालका स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिने भन्दै त्यसअघि नै स्थानीय चुनाव सम्पन्न गर्न अविलम्ब मिति घोषणा गर्नुपर्ने भनिरहेको छ ।

प्रतिक्रिया