शनिबार, वैशाख ८, २०८१

बारामा भारतीय नम्बरको गाडीको ठक्करबाट दुई जनाको मृत्यु

मेरोन्यूज २०७८ माघ १३ गते १०:३५

बारा। बारामा भारतीय नम्बरको गाडीको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । बाराको कलैया उपमहानगरपालिका–५ बस्ने ४० वर्षीय नरेश साह र ५५ वर्षीय शितल साहको मृत्यु भएको छ ।

साढे ८ बजे कलैयाबाट वीरगञ्ज जाँदै गरेको बीआर ०५ एआर ५१५१ नम्बरको स्कारपियो गाडीले विपरीत दिशाबाट आउँदै गरेको ना ८ प ८८६३ नम्बरको मोटरसाइकललाई कलैया ५ स्थित विजय आयल स्टोर अगाडि ठक्कर दिएको थियो ।

फरार स्कारपियो चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया