बिहीबार, चैत १५, २०८०

अफ्रिकी कप अफ नेसन्स : इजिप्ट र गिनी क्वाटरफाइनलमा

मेरोन्यूज २०७८ माघ १३ गते ७:४२

काठमाडौं । अफ्रिकी कप अफ नेसन्सको क्वाटरफाइनलमा इजिप्ट र गिनी प्रवेश गरेका छन् ।

इजिप्टले आइभरी कोस्टलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै क्वाटरफाइनल यात्रा सुरक्षित गरेको हो । निर्धारित ९० मिनेट र त्यसपछिको ३० मिनेटको अतिरिक्त समयमा समेत गोल नभएपछी खेल पेनाल्टी सुट आउटमा पुगेको थियो ।

अब इजिप्टले सेमिफाइनल प्रवेशका लागि मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ । बुधबार राति नै ​मालावीलाई २-१ गोल अन्तरले हराउँदै मोरोक्को अन्तिम आठमा पुगिसकेको छ ।

मालीलाई सडनडेथमा पराजित गर्दै गिनी अन्तिम आठमा प्रवेश गरेको छ । निर्धारित ९० र अतिरिक्त ३० मिनेटमा समेत खेलको नतिजा छिनोफानो नभएपछि पेनाल्टी भएको थियो ।

पेनाल्टी समेत ३-३ को बराबरी भएपछि खेलको छिनोफानो सडनडेथमा भएको थियो । जहाँ गिनीले बाजी मारेको हो । अब गिनीले अन्तिम चार प्रवेशका लागि सेनेगलको सामना गर्नेछ ।

Advertisement

प्रतिक्रिया