शनिबार, वैशाख १५, २०८१

खल्ती’ को पाँच वर्ष पूरा

मेरोन्यूज २०७८ माघ १२ गते २१:४९

काठमाडौं । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ले पाँच वर्ष पूरा गरेको छ ।
२०१७ मा आफ्नो यात्रा सुरुवात गरेको अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीले बुधबार आफ्नो ५ औं बार्षिकोत्सव मनाएको छ ।
हरेक नेपाली घर परिवारको दैनिक भुक्तानीहरू डिजिटाइज गर्ने लक्ष्य लिएर अघि बढेको ‘खल्ती’ ले दैनिक लाखौँ मानिसहरुको जीवन सहज गर्दै आएको छ ।

युवाहरु ले नै भरिएको मार्केटिंग टिम भएको ’खल्ती’को जानकारी प्रवाह गर्ने माध्यम पनि साधारणतय हुने मार्केटिंग भन्दा भिन्न रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया