शनिबार, वैशाख ८, २०८१

राष्ट्रियसभा : कुन दलको अब कति सिट ?

कुल ५९ सिटमा एमाले अध्यक्षसहित १७, माओवादी १५, कांग्रेस १० र एकीकृत समाजवादी ८ सिटसहित राष्ट्रियसभामा

शित्तल शर्मा २०७८ माघ १२ गते १९:२७

काठमाडौं । राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सवैभन्दा ठूलो दल थियो । उसको अध्यक्ष वाहेक २३ सांसद (अध्यक्ष जोडदा २४) अहिले विधमान छन् । तर फागुन २० बाट भने अव एमालेको संख्या राष्टिय सभामा घट्ने भएको छ ।


अव माथिल्लो सदन राष्ट्रियसभामा एमाले ठूलो दलकै रुपमा रहेपनि उसको सिट संख्या घटेर अध्यक्ष सहित १७ जनामा सिमित हुन पुगेको छ । फागुन २० वाट अहिले रहेका राष्ट्रियसभाका एक जना मनोनित सहित २० जना सांसदहरुको पदावधी सकिदैछ ।

पदावधी सकिनु ३५ दिन अगाडी नै नयाँ निर्वाचन गरिसक्नुपर्ने निर्वाचन कानुन अनुसार १९ रिक्त हुन लागेको पदका लागि वुधबार मतदान भएको थियो । जसमा एमालेले आफनो तर्फबाट ८ सांसदको पद दाउमा लगाउनु परेको थियो । जसमध्ये एमालेले एउटा मात्र पदमा निर्वाचन जितेको छ । प्रदेश १ वाट सोनम ग्याल्जेन शेर्पा निर्वाचित भएका थिए ।

एक जना रघु बरालले कांग्रेसका उम्मेदवारसँग मत बराबरी गरेपनि अन्तत गोलाप्रथामा उनी पराजित हुन पुगे । १९ सिटका लागि भएको चुनावमा एमालेले एउटा मात्र सिट जित्न सफल भएको छ ।

५९ सदस्यीय राष्ट्रियसभामा अव फागुन २० वाट एमाले अध्यक्ष सहित १७ जना सहित राष्ट्रियसभाको सवैभन्दा ठूलो दलको रुपमा रहनेछ ।

त्यस्तै दोस्रो ठूलो दलको रुपमा माओवादी केन्द्र रहनेछ । यस अगाडी माओवादी केन्द्रका १३ सांसद थिए । जसमध्ये माओवादीले आफना ४ जना सांसदको पद चुनावी दाउमा थियो । तर माओवादीले वुधबारको चुनावी परिणाम पछि अव राष्टिय सभामा उसको उपस्थिती १५ सांसदका साथ हुनेछ । उसलाई यो चुनाव पछि थप २ सिट लाभ मिलेको छ ।

त्यस्तै तेस्रो दलको रुपमा नेपाली काग्रेस हुनेछ । काग्रेस पहिला राष्ट्रियसभामा निक्कै खुम्चिएको अवस्थामा थियो । उसको जम्माजम्मी सिट ७ थियो । जसमध्ये ३ जनाको पदावधी सकिदै थियो । कांग्रेसलाई यो निर्वाचन पछि आफनो सिट सुरक्षित बनाउने मात्र होइन, थप ३ सिट उपलब्धी मिलेको छ । अव कांग्रेस राष्ट्रियसभामा १० सिटका साथ तेस्रो स्थानमा हुनेछ ।

चौथो स्थानमा भने नेकपा एकीकृत समाजवादी हुनेछ । एकीकृत समाजवादीको ७ जना सांसद राष्ट्रियसभामा थिए । उसले आफनो ४ सिट चुनावी दाउमा राखेको थियो । जसमध्ये उसले सवै सिट सुरक्षित गरेको मात्रै छैन, उसलाई पनि थप १ सिट थप मिलेको छ । एकीकृत समाजवादीको अव ८ सिट संसदमा हुनेछ ।

जनता समाजवादीको भने यस अगाडी नै २ सांसद राष्ट्रियसभामा थिए । तर अव उसको पनि थप एक सांसद राष्ट्रियसभामा थपिएका छन् । जसपा अव ३ सिटका साथ राष्टिय सभामा हुनेछ ।

राष्टिय जनमोर्चाले भने राष्ट्रियसभामा इन्टी पाएको छ । यस अगाडी सून्य स्थानमा रहेको जनमोर्चाले राष्ट्रियसभामा सहभागिता सुनिश्चित गरेको छ । उसका एक जना सांसदले राष्ट्रियसभा सदस्यमा चुनाव जितेका छन् ।

मधेस केन्द्रीत अर्काे दल लोकतानित्रक समाजवादी पार्टी लोसपाका एक, स्वतन्त्र एक (डा खिमलाल देवकोटा) राष्ट्रियसभामा हुनेछन् ।

त्यस्तै सरकारको सिफारिसमा राष्टपतिले मनोनित गर्न पाउने तीन सिट मध्येको दुई सिटमा वामदेव गौतम र विमला राई पौडेल हुनेछन् । अर्का एक रामनारायण विडारीको भने फागुन २० मा पदावधी सकिदैछ । उनको रिक्त रहने पदमा भने सरकारले कसलाई सिफारिस गर्छ ? भन्ने खुलेको छैन । तर सत्ता गठवन्धनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी , जसपा र राष्टिय जनमोर्चा रहेकोले त्यही दल र निकट नेतालाई सरकारका तर्फबाट मनोनित गर्ने सम्भावना छ ।

राष्ट्रियसभामा कुन दलका कति सांसद ?

– एमालेको १६ जना अध्यक्ष सहित १७ जना
– कांग्रेसको १० जना
– माओवादी केन्द्र १५ जना
– एकीकृत समाजवादी ८ जना
– जसपा ३
– लोसपा १
– स्वतन्त्र १
– राष्टिय जनमोर्चा १
– मनोनित २
– मनोनित १ (रिक्त हुने)
कुल संख्या : ५९ जना

कुन दलका को सांसद ? (नामसहित)


अध्यक्ष : गणेशप्रसाद तिमल्सिना
उपाध्यक्ष : ????? (राष्टियसभाका सांसदहरुवाट निर्वाचित हुने)

एमालेवाट :


इन्दिरादेवी गौतम
इन्दु कडरिया
खिमलाल भटटराई
गोपाल भटटराई
तुलसा कुमारी दाहाल
दिपा गुरुङ
दिलकुमारी रावल थापा (पार्वती)
नरपती लुवार
भगवती न्यौपाने
भैरव सुन्दर श्रेष्ठ
रामचन्द्र राई
विमला घिमिरे
शारदादेवी भटट
सुमित्रा विसि
देवेन्द्र दाहाल
सोनम ग्याल्जेन शेर्पा (बुधबार निर्वाचित)

नेपाली कांग्रेस
अनिता देवकोटा
जितेन्द्रनारायण देव
प्रकाश पन्थ
रमेश जंग रायमाझी
गोपाल बस्नेत (बुधबारको निर्वाचनमा मत बराबरी भएपछि गोलाप्रथावाट विजयी)
युवराज शर्मा (बुधबार निर्वाचित)
नारायणदत्त मिश्र (बुधबार निर्वाचित)
कमला पन्त (बुधबार निर्वाचित)
दुर्गा गुरूङ (बुधबार निर्वाचित)
कृष्णप्रसाद पौडेल (बुधबार निर्वाचित)

नेकपा (माओवादी केन्द्र)
गोपीवहादुर साक्री अछामी
गंगाकुमारी वेल्वासे
जगप्रसाद शर्मा
तारामान स्वार
नारायणकाजी श्रेष्ठ
महेशकुमार महरा
मायाप्रसाद शर्मा
राधेश्याम पासवान
विना पोखरेल
हरिराम चौधरी
सुरेशबहादुर आले मगर (बुधबार निर्वाचित)
जगत पार्की (बुधबार निर्वाचित)
भुवन सुनार (बुधबार निर्वाचित)
नरबहादुर विष्ट (बुधबार निर्वाचित)
उर्मिला अर्याल (बुधबार निर्वाचित)

नेकपा (एकीकृत समाजवादी)
नन्दा चपाई
बेदुराम भुषाल
सिंगवहादुर विश्वकर्मा
जयन्ती राई
गरिमा शाह (मदनकुमारी शाह) (बुधबार निर्वाचित)
राजेन्द्रलक्ष्मी गैरे (बुधबार निर्वाचित)
उदय बोहरा (बुधबार निर्वाचित)
गोमादेवी तिमल्सिना (बुधबार निर्वाचित)

जनता समाजवादी पार्टी (जसपा)
प्रमिला कुमारी
मृगेन्द्रकुमार सिंह यादव
महमद खालिद (बुधबार निर्वाचित)

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)
शेखरकुमार सिंह

स्वतन्त्र
डा खिमलाल देवकोटा


राष्ट्रिय जनमोर्चा
तुलप्रसाद बिश्वकर्मा (बुधबार निर्वाचित)

मनोनित
वामदेव गौतम
विमला राई पौडेल
??????? (रामनारायण विडारीको स्थान रिक्त हुने पछि मनोनित हुने)

बामदेव र खिमलालको साथ माधव नेपालतिर !


राष्ट्रियसभामा स्वतन्त्रवाट निर्वाचन जितेका डा खिमलाल देवकोटा र मनोनित सिटमा रहेका बामदेव गौतमको साथ पनि सत्ता गठबन्धनतिर नै हुने देखिन्छ । त्यसमा पनि दुवैको अझ निकटता खोजी गर्दा माधव नेपालको पार्टीतिर हुने देखिन्छ ।

एमाले त्यागेका र माधव नेपालतिर पनि नखुलेका बामदेवको भित्री मन माधव नेपालतिर देखिन्छ ।

त्यस्तै डा खिमलाल देवकोटा त झन एमालेमै माधव नेपालहरु रहँदा नै एमाले उम्मेदवार रामवहादुर थापा (बादल)लाई चुनाव हराएर यही सत्ता गठबन्धनले विजयी बनाएका सांसद हुन् ।

अहिले माधव नेपालको पार्टी एकीकृत समाजवादीको चुनाव चिन्ह कलम त्यसवेला खिमलालले चुनावमा लिएर स्वतन्त्रबाट उठेका थिए । माओवादी केन्द्रको भागवन्डामा परेको त्यसवेलाको टिकटमा माधव नेपालको आग्रह्मा प्रचण्डले खिमलाल देवकोटालाई दिएका थिए । त्यसआधारमा पनि डा देवकोटा सत्ता गठबन्धनसँगै नजिक छन् ।

प्रतिक्रिया