बिहीबार, वैशाख १३, २०८१

बाबुरामलाई दोस्रो पटक कोरोना संक्रमण

मेरोन्यूज २०७८ माघ १२ गते १६:३५

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई कोरोना संक्रमण पुष्टी भएको छ ।
डा. भट्टराईलाई दोस्रो पटक कोरोना संक्रमण पुष्टी भएको हो ।

भट्टराईले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूले सतर्कता अपनाउँदा अपनाउँदै पनि दोश्रो पटक कोरोनाको संक्रमण भएको बताएका छन् ।

उनले केही समय यता आफ्नो निकट सम्पर्कमा आएकालाई सतर्क रहन पनि आग्रह गरेका छन् ।

लक्षणसहितको कोरोना देखिए पनि लक्षण सामान्य रहेको भट्टराईले बताएका छन् । उनले आफू केही दिन आइसोलेसनमा रहने पनि जानकारी दिएका छन् ।

प्रतिक्रिया