शुक्रबार, चैत १६, २०८०

मार्सियल लोनमा सेभिया पुगे

मेरोन्यूज २०७८ माघ १२ गते १२:२७

काठमाडौं । म्यानचेस्टर युनाइटेडका फरवार्ड एन्थोनी मार्सियल इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडबाट लोनमा स्पेनिस ला लिगा क्लब सेभिया पुगेका छन् । 

यससँगै फ्रान्सका २६ वर्षीय अट्याकर मार्सियलले जारी सिजनका बाँकी खेल सेभियाबाट खेल्ने भएका छन् । पछिल्लो समय युनाइटेडमा स्थान नपाएका मार्सियल सेभिया जान रुचाएका हुन् । 

जारी सिजन ला लिगाको दोस्रो स्थानमा रहेको सेभियाले गत महिनाबाटै मार्सियललाई भित्राउने प्रयास गरेको थियो ।

प्रतिक्रिया