शुक्रबार, वैशाख १४, २०८१

काठमाडौंमा ६ हजार १७२ जना संक्रमित थपिए

मेरोन्यूज २०७८ माघ ११ गते १७:००

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ हजार १७२ जना संक्रमित थपिएका छन् ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार ६ हजार १७२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मंगलबार काठमाडौं जिल्लामा ४ हजार ८७५ जना, ललितपुर जिल्लामा ७८२ जना र भक्तपुर जिल्लामा ५१५ जनामा कोरोना संक्रमण पुष्टी भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया