सोमबार, वैशाख २४, २०८१

सीता दाहालको स्वास्थ्यमा सुधार, अस्पतालबाट डिस्चार्ज

मेरोन्यूज २०७८ माघ ११ गते १६:१४

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्यमा सुधार आएपछि अस्पतालले डिस्चार्ज गरेको छ ।

Advertisement

गत शुक्रबार नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएकी दाहाललाई मंगलबार अस्पतालले डिस्चार्ज दिएको हो ।

आइसीयूमा उपचाररत् दाहालको पछिल्लो अवस्था सुधारोन्मुख रहेकाले घरजाने सल्लाह दिइएको उनको नियमित स्वास्थ्यजाँचमा संलग्न चिकित्सक वरिष्ठ नशारोग विशेषज्ञ डा.बाबुराम पोखरेलले बताए ।

कोभिडको असर कम भए लगत्तै थप उपचारका लागि अस्पताल आउन सल्लाह दिइएको डा. पोखरेलले जानकारी दिए । दाहाललाई कोभिड संक्रमणसमेत देखिएको थियो ।

प्रतिक्रिया