शुक्रबार, वैशाख १४, २०८१

राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ मा मात्र मतदान गर्न राप्रपाको ‘ह्वीप’

मेरोन्यूज २०७८ माघ ११ गते १३:२४

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्ना स्थानीय तहका जनप्रतिनिधि र प्रदेशसभा सदस्यलाई राष्ट्रियसभा सदस्यको निर्वाचनमा प्रदेश नम्बर–१ बाहेक अन्य प्रदेशमा मतदान नगर्न आह्वान गरेको छ ।

आज विज्ञप्ति जारी गदै राप्रपाले प्रदेश नम्बर–१ बाहेक अन्यत्र आफ्नो पार्टीका उमेदवार नभएको भन्दै मतदान नगर्न आह्वान गरेको हो । राप्रपाले प्रदेश १ मा अमरबहादुर विष्ट र रञ्जु प्याकुरेललाई उम्मेदवार बनाएको छ भने अरु प्रदेशमा उसका उम्मेदवार छैनन् ।


‘यही माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचनमा प्रदेश नम्बर–१ मा पार्टीका उमेदवारहरू अम्बरबहादुर बिष्ट र रञ्जु प्याकुरेललाई मतदान गर्न निर्देशन दिने र अन्य प्रदेशहरूमा पार्टीको उमेदवार नभएकोले पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने मतदाताहरूलाई मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिने निर्णय गरियो, ’ पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतमा बसेको बैठकको निर्णयानुसार भन्दै विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया