मंगलबार, वैशाख ११, २०८१

वेहुला चढ्ने रथले किचेर बारामा २ जनाको मृत्यु, १६ घाइते

मेरोन्यूज २०७८ माघ ११ गते ६:२५

बारा । विवाहमा वेहुला चढ्नका लागि प्रयोग गरिएको रथले किचेर बारामा सोमबार राति २ जनाको मृत्यु भएको छ । अरु थप १६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सिम्रौनागढ नगरपालिका -७ की २३ वर्षीया शैलकुमारी राम र आदर्शकोतवाल-७ की १६ वर्षीया निलम कुमारी राम छिन् ।

बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाका अनुसार घाइतेहरूको कलैया अस्पतालमा उपचार भइरहेको छ । आदर्शकोतवालका सियाराम महराको घरबाट बेहुला लिएर निस्कन लागेको रथ अनियन्त्रित भई दुर्घटना भएको हो ।

स्थानीयहरूका अनुसार उक्त रथमा बेहुला चढ्नुअघि नै दुर्घटना भएको थियो ।

प्रतिक्रिया