आइतबार, जेठ ६, २०८१

वर्षमान पुन स्वास्थ्यलाभ गरी स्वदेश फर्किए

मेरोन्यूज २०७८ माघ १० गते २०:३२

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन स्वास्थ्योपचार गरी स्वदेश फर्किएका छन् ।

Advertisement

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई लिन नेता नारायणकाजी श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजसहित नेता तथा कार्यकर्ता पुगेका थिए ।

करिब चार महिनाको उपचारपछि पूर्ण स्वास्थ्यलाभ गरी माओवादी केन्द्रका पूर्वस्थायी समिति सदस्यसमेत रहेका नेता पुन सोमवार नेपाल फर्किएका हुन् ।

हिमालयन एयरलाइन्सको फर्कंदै गरेको कार्गाे विमानमा टिकट मिलाएर पूर्वमन्त्री पुन, उनकी पत्नी एवं पूर्वसभामुख ओनसरी घर्ती र छोरी शीला फर्किएका हुन् ।

क्रिकलर नाजार टाइप टु सिन्ड्रोम नामक दुर्लभ बङ्गाणुगत जण्डिसको समस्या झेलेका पुनले चीन सेनजेनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचार गराएर फर्किएका हुन् ।

नेता पुनको सेनजेनमा ३९ र बैंककमा ५९ दिन उपचार गरिएको थियो । यसअघि उनको ललितपुरस्थित सुमेरू अस्पतालमा उपचार गरिएको थियो ।

प्रतिक्रिया