बिहीबार, वैशाख ६, २०८१

भारतवाट फर्केका १०३ जनामा कोरोना संक्रमण

मेरोन्यूज २०७८ माघ १० गते १७:५०

कैलाली । भारतवाट फर्केका १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रोजगारीका लागि भारत पुगेर सोमबार मात्रै घर फर्केका मध्ये १०३ जनामा सोमबार नै कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार, सुदूरपश्चिममा थप ५५० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसमध्येकै १०३ जना भने सोमबार नै भारतबाट फर्केका नागरिक हुन्।

सुदुरपश्चिममा अहिले सक्रिय संक्रमितको संख्या ४ हजार २७९ जना छन्। उनीहरुमध्ये ९२ जनाको मात्रै अस्पतालमा उपचार भइरहेको छ भने अन्य सबै होम आइसोलेसनमा छन्।

प्रतिक्रिया