आइतबार, जेठ ६, २०८१

कोरोनाबारे डाक्टरसँग परामर्श लिन भोलिबाट कल सेन्टर सञ्चालन

मेरोन्यूज २०७८ माघ १० गते १६:४९

काठमाडौं । नेपाल चिकित्सक संघले कोभिड–१९ महामारीको तेस्रो लहरलाई लक्षित गरी कल सेन्टर सञ्चालनमा ल्याउन लागेको छ ।

Advertisement

चिकित्सक संघ महासचिव डा. बद्री रिजालले भोलि बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म ११५६ नम्बरको कल सेन्टर सञ्चालनमा ल्याउन लागेको जानकारी दिए ।

कोभिड–१९ सम्बन्धी पर्ने समस्याका लागि उक्त नम्बरमा कल गरेर पराशर्म लिन पनि उनले आग्रह गरे ।

नेपाल चिकित्सक संघ, अमेरिका नेपाल मेडिकल फाउण्डेसन र नेपाल टेलिकमको संयुक्त पहलमा कल सेन्टर सञ्चालनमा ल्याएको उनको भनाइ छ ।

प्रतिक्रिया