बिहीबार, वैशाख ६, २०८१

क्यामरुनमा नाइट क्लबमा आगलागी, १६ जनाको मृत्यु

मेरोन्यूज २०७८ माघ १० गते ९:३६

एजेन्सी । क्यामरुनको राजधानी सहर याओउन्डीस्थित एउटा नाइट क्लबमा आगलागी हुँदा कम्तिमा १६ जनाको मृत्यु भएको छ । आगलागीमा आठ जना घाईते भएका छन् । नाइट क्लबमा राखिएको पटका पड्किदा आगो लागेको हो । पट्काबाट सल्किएको आगो केही मिनेटमा क्लबभर फैलिएको थियो ।

घटनाबारे सरकारले अनुसन्धान सुरु गरेको छ । बिस्फोटमा मृत्यु भएका व्यक्तिका आफन्तप्रति राष्ट्रपति पाउल वियाले गहिरो समवेदना व्यक्त गरेका छन् ।

आगलागीमा जलेकामध्ये केहीको अवस्था गम्भीर रहेको प्राप्त विवरणहरुमा जनाइएको छ । क्यामरुनमा यसअघि पनि नाइट क्लबमा आगो लाग्दा क्लबमा रमाउन गएका मानिसहरुको जलेर मृत्यु भएको थियो ।

प्रतिक्रिया