शुक्रबार, वैशाख १४, २०८१

एपोलो पेन्ट्सको ब्राण्ड एम्बेसडर बने राजेश हमाल

मेरोन्यूज २०७८ माघ ७ गते २०:२८

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका अभिनेता राजेश हमाल एपोलो पेन्ट्सको ब्राण्ड एम्बेसडर बनेका छन् ।

कम्पनीले शुक्रबार एक कार्यक्रमको आयोजना गरेर हमाललाई कम्पनीको ब्राण्ड एम्बेसडरमा अनुबन्धित गरेको जानकारी दिएको हो ।

‘एपोलो पेन्ट्ससँग राजेश हमाल, राजेश हमालसँग एपोलो पेन्ट्स’ भन्ने भावना उत्पन्न गरि उपभोक्तामा अझ बढी लोकप्रिय ब्राण्ड बनाउन महानायक हमाललाई ब्राण्ड एम्बेसडर अनुबन्धित गरिएको कम्पनीले जनाएको छ ।

एपोलो कम्पनी चितवनको भरतपुर महानगर वडा नं ९ मा २०६१ सालमा दर्ता भएको थियो ।

उच्चकोटीका रङ, उत्पादन गर्दै आएको एपोलो पेन्ट्सले नेपाल गुणस्तर तथा अन्तर्राष्ट्रिय गुणस्तर प्राप्त गरिसकेको छ ।

प्रतिक्रिया