शुक्रबार, चैत १६, २०८०

प्रधानमन्त्री, प्रचण्ड र माधव नेपालवीच बालुवाटारमा भेटवार्ता

विहिवार स्थगित भएको सत्ता गठबन्धन संन्यत्रको बैठक भोलि दिउँसो बस्ने

मेरोन्यूज २०७८ माघ ६ गते १८:५०

काठमाडौं । सत्तारुढ दलका शीर्ष नेताहरुको भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल वीच भेटवार्ता भएको हो ।

कोभिडका कारण घरमै आइशोलेसनमा वसिरहेका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भने कोभिड पछि आज देखि शीर्ष नेताहरुको भेटवार्तामा सहभागी भएका हुन् ।


सत्तासिन दलहरुका वीचमा स्थानिय तहको चुनावलाई संघीय चुनाव पछि गर्ने गरी छलफल चलिरहेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पहिले आगामी वैशाख जेठमा संघीय चुनाव गर्ने र त्यउसपछि कात्तिक मंसिरमा स्थानिय तहको चुनाव गर्ने गरी मंगलबारको गठबन्धन संन्यत्रको बैठकमा प्रस्ताव गरेका थिए ।

प्रचण्डले प्रमुख प्रतिपक्षी दलले सदन चलाउन नदिएको र कानुन निर्माणको काममा अवरोध मात्र पुराउने काम गरिरहेकोले सदनलाई कामकाजी बनाउन पहिले संसदको चुनाव गराउनु पर्ने प्रस्ताव गठबन्धनको वैठकमा गरेका थिए । संविधान अनुसार स्थानिय तहका जनप्रतिनिधीको कार्यकाल सकिएको ६ महिनाभित्र चुनाव गराउनु पर्ने ब्यवस्थालाई टेकेर विरोधाभास देखिएको निर्वाचन कानुन संसोधन गर्ने र संसदमा पहिले संघीय चुनावका लागि राजनीतिक प्रस्ताव पारित गरेर जानुपर्ने प्रचण्डको प्रस्ताव छ । प्रचण्डको त्यस्तो प्रस्तावमा काग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल सकारात्मक देखिएका छन् ।


नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि प्रचण्डको प्रस्तावमा सकारात्मक छन् । तर प्रधानमन्त्री यस विषयमा के गर्ने भन्नेमा निर्णयमा पुगिसकेका छैनन । यसवीचमा आ आफना दलका वीचमा छलफल गर्ने र फेरि गठवन्धन संन्यत्रको वैठक बसेर निर्णय लिने गरी उठेका थिए । त्यसपछि आज दिउँसो ४ वजे संन्यत्रको बैठक बस्ने बताइएको थियो । तर संन्यत्रको बैठक स्थगित गरेर पहिले शीर्ष नेताहरुको वैठक वसेको हो ।

Advertisement

वैठकमा प्रधानमन्त्री, प्रचण्ड र माधव नेपालले छलफल गरेका हुन् । प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने, अहिले साझ तिन शिर्ष नेतृत्वबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भयो। कोरोना संक्रमणमुक्त भएपछि क।माधवकुमार नेपाल शिर्ष तहको भेटमा आज देखी सहभागी हुनुभयो। गठबन्धनको बैठक भोलि अपरान्ह ४ बजे वालुवाटार बस्ने निधो भएको छ।

प्रतिक्रिया