मंगलबार, वैशाख ११, २०८१

स्थानीय तहको निर्वाचन वैशाख २२ गतेसम्म गर्न आयोग प्रस्ताव

मेरोन्यूज २०७८ माघ ६ गते ८:१२

काठमाडौँ । निर्वाचन आयोगले वैशाख २२ र २८ गतेको मिति तय गर्दै स्थानीय तहका निर्वाचनको मिति घोषणा गर्न सरकारलाई सुझाव दिने भएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलियाका अनुसार यसअघि दिइएको वैशाख १४ र २२ मा स्थानीय तहको निर्वाचन गराउन सरकारले नसकेमा दोस्रो विकल्पको रुपमा २२ र २८ गते प्रस्ताव गर्ने तयारी गरेको हो ।

गत ९ पुसमा सरकारलाई सुझाव दिँदै आयोगले एकै चरणमा भए वैशाख १४ मा निर्वाचन गर्न र दुई चरणमा गर्ने भएमा २२ वैशाख उपयुक्त हुने धारणा राखेको थियो ।

‘हामीले जेठ ५ गते स्थानीय तहको अन्तिम म्याद रहने र म्याद थप गर्ने संवैधानिक व्यवस्था नभएकाले सो मितिभित्रै निर्वाचन गराउन सुझाव दिइसकेका छौँ,’ थपलियाले सञ्चारकर्मीसँग भने, ‘माघ पहिलो साता नै मिति तय गरेको खण्डमा आयोगले निर्वाचनको तयारी गर्न सक्ने छ भन्ने विषयमा ध्यानाकषर्ण गराइसकेका छौँ ।’

उनका अनुसार वैशाख २२ मा एकै चरणमा गर्न नसके सरकारका लागि २७ र २८ वैशाखको मिति प्रस्ताव गर्न लागिएको हो ।

प्रतिक्रिया