आइतबार, जेठ ६, २०८१

१२ जिल्लामा ५ सय बढी सक्रिय संक्रमित

मेरोन्यूज २०७८ माघ ४ गते १९:४३

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमण तीब्र भइरहँदा मंगलबार १२ जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

Advertisement

मंगलबार देशैभर १० हजार बढीमा कोरोना संक्रमण पुष्टी हुँदा काठमाडौंका तीन जिल्लासहित देशभरीका १२ जिल्लामा ५ सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार मंगलबार सक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको सूचीमा झापा, काभ्रे र मकवानपुर थपिएका छन् ।

यसअघि काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मोरङ, कास्की, सुनसरी, रुपन्देही र कैलालीमा ५ सयभन्दा बढी सक्रिय संक्रमित थिए ।

प्रतिक्रिया