आइतबार, वैशाख २३, २०८१

कोरोनाले राहदानी वितरण कार्य रोकियो

मेरोन्यूज २०७८ माघ ४ गते १७:२०

काठमाडौं । कोरोना भाइरसको संक्रमणको जोखिम बढेपछि राहदानी वितरण कार्य रोकिएको छ ।

Advertisement

कोरोना संक्रमणको जोखिम अत्याधिक बढेको भन्दै राहदानी विभागले राहदानी वितरण कार्य रोकेको हो ।

गम्भीर प्रकृतिका बिरामी तथा विशेष अवस्थाकालाई भने राहदानी दिइने विभागले जनाएको छ ।

विभागकाअनुसार, उपचारका लागि विदेशमा जाने तथा अत्यन्त जरुरी परेका अवस्थामा राहदानीका लागि अनलाइन भरेको फाराम, यथेष्ट प्रमाण र कारणसहित इमेलमार्फत अनुरोध गर्नुपर्नेछ ।

विभागले यसअघि दिएको बुकिङ तथा टोकन हाललाई स्थगन गरेको छ ।

प्रतिक्रिया