आइतबार, जेठ ६, २०८१

आगोझैं फैलियो कोरोना

नेपालमा काेराेना संक्रमण तीब्रः एकैदिन १० हजार थपिए

मेरोन्यूज २०७८ माघ ४ गते १६:१५

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण दर बिजुली गतिमा बढेको छ ।

Advertisement

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार संक्रमित थपिएका छन् ।

२२ हजार आठ सय २८ जनामा परीक्षण गर्दा १० हजार दुई सय ५८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस अवधिमा पाँच सय ६२ जना निको भई घर फर्किएका छन् । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक रहेको छ ।

योसँगै देशभर संक्रमितको कुल संख्या ३९ हजार ४४ पुगेको छ ।

हालसम्म पीसीआर विधिबाट भएको कोरोना परीक्षणमा ८ लाख ६८ हजार २१५ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३ हजार ९८३ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये ८ लाख १७ हजार ५४७ जना निको हुँदा कुल ११ हजार ६२४ जनाको मृत्यु भएको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा २ लाख १३ हजार १४८ जनाले खोप लगाएका छन् ।

प्रतिक्रिया