आइतबार, जेठ ६, २०८१

कोरोना नियन्त्रण गर्न बारअनुसार सेवा सुरु

मेरोन्यूज २०७८ माघ ४ गते १३:२७

काठमाडौँ । जिल्ला प्रशासन कार्यालयले बैतडीले स्थानीय तहलाई बारअनुसार आलोपालो सेवा प्रदान गर्ने निर्णय गरेको छ ।

Advertisement

कोभिड–१९ को पछिल्लो नयाँ रुप ओमिक्रोनको संक्रमण फैलिँदै गएपछि सम्भावित जोखिम न्यूनीकरण गर्न प्रशासन कार्यालयले सेवाग्राहीलाई आलोपालो सेवा दिने भएको हो । यही माघ ७ गतेदेखि लागू हुने गरी पालिकाका नागरिकलाई बारअनुसार सेवा दिइने कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

आइतबार शिवनाथ र पञ्चेश्वर गाउँपालिका, सोमबार मेलौली नगरपालिका र सिगास गाउँपालिका, मंगलबार दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिका, बुधबार सुर्नया गाउँपालिका, बिहीबार पाटन नगरपालिका र शुक्रबार दशरथचन्द नगरपालिकाका नागरिकलाई सेवा दिइने प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ ।
पुर्चौंडी नगरपालिकाको हकमा भने इलाका प्रशासन कार्यालय हाटबाटै नागरिकता प्रदान गरिने छ ।

प्रशासनमा सेवा लिन आउँदा खोपको पूर्ण मात्र लगाएको कार्ड वा कार्डको फोटो खिचेर ल्याउनु पर्ने तथा स्वास्थ्य मापदण्ड पूरा गर्नु पर्ने छ । कोरोनाको जोखिम बढ्दै गएपछि २५ जनाभन्दा बढी मानिस एकै ठाउँमा भेला नहुन प्रशासनले सूचनामार्फत आग्रह गरेको छ ।

स्वास्थ्य कार्यालयले स्थानीय तहसँग समन्वय गरी १२ देखि १७ वर्ष उमेर समूहका सबै बालबालिकालाई एक हप्ताभित्र खोप लगाइसक्नु पर्ने र त्यसको लागि कार्यतालिका बनाएर कार्यान्वयन गर्नु पर्ने सूचनामा उल्लेख छ । जिल्लामा हालसम्म कोरोनाबाट १९ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया