आइतबार, जेठ ६, २०८१

क्यानडाबाट पठाएको मेलबाट चीनमा ओमिक्रोन प्रवेश

मेरोन्यूज २०७८ माघ ४ गते १२:२८

काठमाडौँ । बेइजिङमा हालै देखिएको कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन क्यानडाबाट पठाएको मेलमार्फत प्रवेश गरेको हुन सक्ने चिनियाँ सञ्चार माध्यमहरुले जनाएको छ । १५ जनवरीमा बेइजिङमा एक जनामा संक्रमण देखिएको थियो । संक्रमितको आवासीय कम्पाउन्ड र कार्यक्षेत्र सील गरिएको छ ।

Advertisement

बेइजिङको रोग उन्मुलन तथा नियन्त्रण केन्द्रका उपनिर्देशक पाङ सिङहुओले संक्रमितले ७ जनवरीमा क्यानडाबाट एउटा पत्र प्राप्त गरेको बताएकी छिन् । ती पुरुष संक्रमणको कारण उनको ‘पोस्ट’ भएको स्वास्थ्य अधिकारीले बताएका छन् । उनले बाहिरबाट बारम्बार मेल प्राप्त गरेको बताएका छन् ।

मेलमा सम्पर्कमा रहेका सबै कर्मचारीहरु अहिले क्वारेन्टिनमा छन् । अहिलेसम्म आठ जनाको परीक्षण नेगेटिभ आएको छ । चिनियाँ अधिकारीहरुले मेलमार्फत भाइरस निर्यात भएको दाबी गरे पनि केही अनुसन्धानकर्ताहरु भने यसबारे शंका व्यक्त गर्दै आएका छन् ।

भाइरस लामो समय सतहमा बाँच्न नसक्ने ती अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया