बिहीबार, वैशाख १३, २०८१

कांग्रेसबाट निर्वाचित वडाध्यक्ष एमालेमा प्रवेशमा

मेरोन्यूज २०७८ माघ ४ गते ८:०२

काठमाडौँ । रुपन्देहीको शुद्धोधन गाउँपालिका ७ वडाध्यक्षविहीन भएको छ । नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष शिवपुजन बानियाँ एमालेमा प्रवेश गरेपछि वडा करिब एक महिनादेखि वडाध्यक्षविहीन छ ।

पद रिक्त रहेको जानकारी निर्वाचन आयोगले सार्वजनिक सूचना जारी गरेर दिएको छ । स्थानीय तहका जनप्रतिनिधिले दल परिवर्तन गरेमा जनप्रतिनिधिबाट हट्नु पर्ने व्यवस्था छ ।

यो जानकारी निर्वाचन आयोगलाई दिनु पर्छ ।

प्रतिक्रिया