बुधबार, वैशाख १२, २०८१

खुसीयालीमा आज मधेस प्रदेशभर बिदा

मेरोन्यूज २०७८ माघ ४ गते ७:२९

जनकपुरधाम । मधेस प्रदेशमा आज सार्वजनिक बिदा घोषणा गरिएको छ । सोमबार मात्र जनकपुरधाममा राजधानी र नाम मधेस प्रदेश कायम भएपछि खुसीयालीमा बिदा दिइएको हो ।

प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले मंगलबार प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।

सोमबारको प्रदेश सभामा भएको मतदानमा प्रदेशको नाम मधेश प्रदेश र स्थायी राजधानी जनकपुर रहने पक्षमा बहुमत पुगेको थियो ।

प्रतिक्रिया