शुक्रबार, चैत १६, २०८०

सत्ता गठबन्धनको बैठक बस्दै, यस्ता छन् एजेण्डा

मेरोन्यूज २०७८ माघ ४ गते ७:२४

काठमाडौँ । सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक बैठक बस्ने भएको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने भएको हो ।

बैठकमा स्थानीय तहको निर्वाचन मुख्य एजेण्डा रहेको छ । त्यसबाहेक राष्ट्रियसभा निर्वाचनको रणनीति र संसद्को गतिरोध अन्त्यका विषयमा छलफल हुने छ ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति घोषणा सिफारिस गरे पनि सरकारले ढिलाई गरेपछि शंसय बढेको छ । प्रमुख प्रतिपक्षी एमालेले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन खोजिएको आरोप लगाएको छ ।

सोमबार मात्र प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले दुई शीर्ष नेताबीच देशको समसामयिक विषयमा छलफल भएको जानकारी दिए ।

Advertisement

प्रतिक्रिया