शुक्रबार, वैशाख १४, २०८१

प्रेस चौतारीको महाधिवेशन स्थगित

मेरोन्यूज २०७८ माघ ३ गते २१:३५

पोखरा । नेकपा एमाले निकट पत्रकारहरुको संस्था प्रेस चौतारीको आगामी राष्ट्रिय महाधिवेशन स्थगित गरिएको छ ।

स्वास्थ्य जोखिमका कारण पोखरामा यही माघ २२–२३ गते हुने चौतारीको नवौँ राष्ट्रिय महाधिवेशन स्थगन गरिएको हो ।

गत पुस १२–१३ गते लुम्बिनीमा सम्पन्न केन्द्रीय कमिटी बैठकबाट निर्णय गरी महाधिवेशनको तयारीमा जुटेको बेला मुलुकमा कोरोना सङ्क्रमण निकै बढदै गइरहेकाले सबै कार्यक्रम बन्द गरिएको चौतारीका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया