शुक्रबार, वैशाख ७, २०८१

जनकपुरमा खुशीयाली, मंगलबार सार्वजनिक विदा

मेरोन्यूज २०७८ माघ ३ गते २०:०२

जनकपुर । प्रदेश २ को नामाकरण मधेस प्रदेश भएको र स्थायी राजधानी जनकपुरधाम बनाएपछि खुशीयाली छाएको छ ।

झण्डै चार वर्षपछि २ नम्बर प्रदेशले आफ्नो पहिचानअनुसारको नाम पाएको छ भने जनकपुरले नै स्थायी राजधानी पाएको छ ।

प्रदेशको नामकरण र स्थायी राजधानी जनकपुरधाम टुंगो लागेको खुशीयालीमा प्रदेश सरकारले सार्वजनिक विदा घोषणा गरेको हो ।

मधेस प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले मंगलबार सामाजिक सञ्जालमा सार्वजनिक बिदाको जानकारी दिएका छन् ।

सोमवार प्रदेशसभाको बैठकमा भएको मतदानमा मधेसको पक्षमा ८० जना प्रदेशसभा सदस्य र ७८ जना स्थायी राजधानी जनकपुरधामको पक्षमा उभिएका थिए ।

प्रतिक्रिया