बुधबार, वैशाख १२, २०८१

जनकपुरमा पनि कोरोना फैलियो, अदालतका २५ कर्मचारी संक्रमित

मेरोन्यूज २०७८ माघ ३ गते १९:५४

जनकपुर । केही दिनयता तीब्र रुपमा फैलिएको कोरोना संक्रमण जनकपुरमा पनि तीब्र बनेको छ ।

उच्च अदालतसहित विभिन्न सरकारी कार्यालयका कर्मचारीलाई कोरोना देखिएपछि सेवाहरु प्रभावित हुन थालेका छन् ।

जनकपुर उच्च अदालतको वीरगञ्ज इजलासमा कार्यरत तीन न्यायाधीश, रजिष्टार र अरू कर्मचारी गरी २५ जनालाई एकै दिन कोरोना संक्रमण देखिएको छ ।

न्यायाधीश सीताराम मण्डल, साधुराम सापकोटा, लेखनाथ पौडेल र आफूसहितको परीक्षण गर्दा आजै सबैमा कोरोना संक्रमण देखिएको रजिष्टार गजेन्द्र बहादुर सिंहले जानकारी दिए।

ठूलो संख्यामा संक्रमण देखिएकाले केही सेवाबाहेक धेरैजसो सेवा कटौती गरेको पनि उनले बताए । न्यायाधीससहित कर्मचारीहरुलाई कोरोना देखिएपछि अदालतका विभिन्न सेवाहरु कटौती गरिएका छन् ।

प्रतिक्रिया