शुक्रबार, चैत १६, २०८०

उदयपुरमा बोलेरो दुर्घटना, एक जनाको मृत्यु

मेरोन्यूज २०७८ माघ ३ गते १९:३२

काठमाडौं । उदयपुरमा बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

कटारीबाट मरूवा जाँदै गरेको बा १० च ४१८८ नम्बरको बोलेरो कटारी नगरपालिका–८ बिजुलेस्थित सिद्धिचरण राजमार्गमा आफैं अनियन्त्रित भई दुर्घटना भएको हो ।

सोमबार दिउँसो अपराह्न ५ बजे कटारी नगरपालिका–८ बिजुलेस्थित सिद्धिचरण राजमार्गमा बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

दुर्घटनामा परि पाँच जना घाइते समेत भएका छन् ।

दुर्घटनाबाट कटारी नगरपालिका–८ पाखाटोल बस्ने ३८ वर्षीय बिक्रम रानामगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका रानामगरलाई सुरूमा कटारी अस्पताल लगिएको थियो । त्यहीँ उनको उपचारको क्रममा मृत्यु भएको हो ।

Advertisement

पट्नाभञ्ज्याङ बस्ने ३० वर्षीया दिलमाया मगर, १७ वर्षीय मनोज खड्का, ७ वर्षीय दिवस श्रेष्ठ, ४८ वर्षीय बुद्धमाया र ३६ वर्षीय बेदकुमारी थापा मगर घाइते छन् । घाइते सबैको कटारी अस्पतालमा उपचार भइरहेको छ ।

फरार रहेका बोलेरो गाडीका चालक कटारी नगरपालिका–८ बस्ने २६ वर्षीय प्रेमबहादुर श्रेष्ठको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया