शनिबार, वैशाख ८, २०८१

गायक कुमार सुब्बाको निधन

मेरोन्यूज २०७८ माघ ३ गते १७:४६

दार्जिलिङ । नेपाली मुलका चर्चित गायक कुमार सुब्बाको निधन भएको छ ।

कालजयी गीतका गायक कुमार सुब्बाको ७८ वर्षको उमेरमा दार्जिलिङमा नै निधन भएको हो ।

सुब्बाले हे फूल चुँडेर लाने हो, फूल भए फेरि, सारङगीको तारले, मेरो सानो मुरलीमा, हिमालको चाखो जस्ता कालजयी गीतमा आवाज दिएका छन् ।

गयक सुब्बालाई सन् २००४ मा अरुणा लामा स्मृति पुरस्कारबाट सम्मानित गरिएको थियो । सुब्बाको जन्म ११ मार्च १९४४ सालमा दार्जिलिङमा नै भएको थियो ।

प्रतिक्रिया