शुक्रबार, वैशाख ७, २०८१

एकैदिन थपिए ६,७३४ कोरोना संक्रमित, तीन जनाको मृत्यु

मेरोन्यूज २०७८ माघ ३ गते १६:५३

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ७३४ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा १७ हजार ४६५ जनाको परीक्षण गर्दा ६ हजार ७३४ जनामा संक्रमण पुष्टी भएको हो ।

सोमबार पिसिआर परीक्षणबाट ५ हजार ७४७ र एन्टिजेन परीक्षणबाट ९८७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर ३० हजार ८ सय ७७ जना कोरोनाका सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ ।

सोही अवधिमा ५ सय ४७ जना कोरोनामुक्त भएका छन् ।

यसैबीच, काठमाडौं उपत्यकामा सोमवार ३ हजार ९३९ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २९४३, भक्तपुरमा २०१ र ललितपुरमा ७९५ संक्रमित थपिएका छन् ।

प्रतिक्रिया