बिहीबार, वैशाख १३, २०८१

वैद्यले भने– प्रचण्ड र विप्लव उस्तै उस्तै, मोहनविक्रम र विप्लव ‘एक्लेबीरजस्तो’

मेरोन्यूज २०७८ माघ ३ गते १५:५८

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ले पुष्पकमल दाहाल प्रचण्ड र नेत्रविक्रम चन्द ‘विप्लव’ उस्तैउस्तै रहेको आरोप लगाएका छन् ।

सोमवार माओवादी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टीमा आवद्ध नेता कार्यकर्ताको नेकपा (क्रान्तिकारी माओवादी)मा पुनर्मिलन कार्यक्रममा बोल्दै वैद्यले प्रचण्ड र वैद्यले क्रान्तिकारी धारमा विचलन ल्याउने काम गरेको टिप्पणी गरे ।

‘आखिरमा उहाँ (विप्लव)ले जनमतसंग्रहबाट समाजवाद आउँछ भन्नुभयो,’ वैद्यले प्रश्न गरे, ‘प्रचण्डजीले पनि शान्तिपूर्ण तरिकाबाट समाजवाद आउँछ भन्नु भएको छ । आखिर प्रचण्डजी र विप्लवजीको रहेछ के त ?’

शान्तिपूर्ण तरिकाबाट र निर्वाचन गरेर समाजवाद आउँछ भन्ने कुरा माक्र्सवादमा लागू नहुने उनको भनाई थियो ।

जनवादी क्रान्तिको पक्षमा रहेका क्रान्तिकारी पार्टीहरुबीच एकताको लागि गरेको प्रयास सफल नभएको पनि वैद्यले स्पष्ट गरे ।

आफूहरुले खासगरी मोहनविक्रम सिंह नेतृत्वको मसाल, विप्लव नेतृत्वको नेकपा तथा ऋषि कट्टेल नेतृत्वको नेकपासँग एकताको प्रयास गरिएको भए पनि सफल नभएको पनि वैद्यले जानकारी दिए ।

वैद्यले सिंह र विप्लव एक्लेबीरजस्तो भनी टिप्पणी गरे । ‘दुवै नेता अरुका कुरा नसुन्ने र आफै एक्लेजीबरजस्तो लाग्यो ।’– वैद्यले भने ।

प्रतिक्रिया