शुक्रबार, चैत १६, २०८०

विप्लव र किराँती नेतृत्वको पार्टीबाट दर्जन बढी वैद्य माओवादीमा प्रवेश

मेरोन्यूज २०७८ माघ ३ गते १५:४२

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव नेतृत्वको नेकपा र गोपाल किराँती नेतृत्वको माओवादी केन्द्रका दर्जन बढी नेता कार्यकर्ता मोहन वैद्य नेतृत्वको नेकपा –क्रान्तिकारी माओवादी)मा प्रवेश गरेका छन् ।

विप्लव नेतृत्वका नेकपाबाट घनश्याम श्रेष्ठ पुस्कर नेतृत्वमा र किराँती नेतृत्वको माओवादीबाट विमलको अगुवाईमा एक दर्जन नेता कार्यकर्ता क्रान्तिकारी माओवादीमा प्रवेश गरेको क्रान्तिकारी माओवादीका केन्द्रीय श्रेष्ठ सुरेश श्रेष्ठले जानकारी दिए ।

विप्लव नेकपा देश र जनताको लागि संघर्षरत नभई ब्यक्ति केन्द्रित भई तीन बुँदे सहमति गरेकाले आफूहरु क्रान्तिकारी पार्टीमा ध्रुवीकृत भएको विप्लव नेकपा छाडेका पुस्करले बताए ।

माओवादी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टीमा आवद्ध नेता कार्यकर्तामा आवद्ध भएकाहरुको नेकपा (क्रान्तिकारी माओवादी)मा पुनर्मिलन भनी आयोजित कार्यक्रममा महासचिव मोहन वैद्यले पार्टीमा स्वागत गरेका थिए ।

Advertisement

प्रतिक्रिया