शनिबार, वैशाख ८, २०८१

प्रधानमन्त्री -प्रचण्ड भेटवार्ता

सत्ता गठबन्धनको बैठक भोलि बस्ने, चुनाववारे छलफल हुने

मेरोन्यूज २०७८ माघ ३ गते १५:३०

काठमाडौं । सत्ता गठबन्धन दलको राजनीतिक संन्यत्रको बैठक भोलि मंगलवार बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सत्ता गठबन्धन दलको बैठक बस्ने तय भएको हो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कोभिड संक्रमणमुक्त भएपछि सोमबार प्रधानमन्त्री शेरवहादुर देउवासँगको भेटका लागि बालुवाटार पुगेका थिए । दुई नेता वीचको छलफलले भोलि मंगलवार सत्ता गठबन्धन संन्यत्रको बैठक बस्ने गरी मिति तय भएको हो ।
प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार दुई नेतावीच सत्ता संन्यत्रको वैठक बसेर निर्वाचन सम्वन्धी विषयमा छलफल गर्न सहमत भएका हुन् ।


दुवै नेता संविधानिक व्यवस्थाअनुसार नै चुनावहरु गर्न प्रतिवद्ध रहेको र त्यसका बारेमा पनि छलफल संन्यत्रको वैठकमा हुने प्रचण्डका स्वकीय सचिव मल्लले बताए ।

निर्वाचन आयोगले स्थानिय तहको निर्वाचनका लागि वैशाखमा सरकारलाई मिति प्रस्ताव गरेको छ । त्यस्तै आयोगले राजनीतिक दलका नेताहरुसँग पनि परमार्श गरिरहेको छ । निर्वाचनका लागि १२० दिनको समय माग गरेर आयोगले सरकारलाई वैशाखमा सकभर एकै चरण नभए पनि दुई चरणमा चुनाव गराउने गरी प्रस्ताव यस अगाडी नै गरिसकेको छ ।

तर प्रचण्ड कोभिड संक्रमणमा रहेपछि प्रधानमन्त्रीले सत्ता गठबन्धनमा यस विषयमा छलफल गर्न सकेका थिएनन । अव आजको दुई नेताको छलफल पछि भोलि बस्ने वैठकमा यस वारेमा छलफल हुने वताईएको छ ।

भोलि संन्यत्रको वैठकमा १२ माघमा हुने राष्टिय सभा निर्वाचनको रिक्त पदहरुका निर्वाचन तयारीका विषयमा पनि छलफल हुनेछ । सत्ता गठबन्धनले १२ माघको राष्टिय सभा चुनावका लागि आपसमा सिट वाडफाँड गरेर उम्मेदवारी दिएका छन् । १२ माघमा १९ पदका लागि निर्वाचन हुँदैछ ।

सत्ता गठबन्धनमा कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्टिय जनमोर्चा सहभागी छन् ।

प्रतिक्रिया