बिहीबार, वैशाख १३, २०८१

जुम्लाको गुठी चौरमा राजश्व संकलन

मेरोन्यूज २०७८ माघ ३ गते १४:३१

काठमाडौँ । जुम्लाको गुठिचौर गाउँपालिकामा पाँच महिनामा करिब चार लाख राजस्व संकलन भएको छ । गुठिचौर गाउँपालिकाका अनुसार तीन लाख ८२ हजार ८६८ संकलन भएको राजस्व प्रमुख तिलप्रसाद पाण्डेले बताए ।

गाउँपालिकाले विभिन्न शीर्षकबाट राजस्व संकलन भएको छ । जसमध्ये गाउँपालिकाबाट एक लाख ७८ हजार ५६६ संकलन भएको छ । वडाबाट एक लाख ९५ हजार ३०२ संकलन भएको छ ।

वडा कार्यालयबाट मालपोत, पञ्जीकरण र सिफारिस शीर्षकबाट राजस्व संकलन हुने गरेको वडाध्यक्ष चन्द्रबहादुर नेपालीले बताए । अघिल्लो आर्थिक वर्ष २०७७–७८ मा गाउँपालिकाले विभिन्न शीर्षकबाट २७ लाख १५ हजार ४०३ राजस्व संकलन गरेको गुठिचौर गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया