शुक्रबार, चैत १६, २०८०

१४ वर्षीय बालिकाको पेटमा बच्चा, शिक्षक पक्राउ

मेरोन्यूज २०७८ माघ ३ गते ११:४०

काठमाडौँ । बलात्कारको अभियोग लागेपछि खोटाङमा शिक्षक पक्राउ परेका छन् । १४ वर्षीय बालिकालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा रावाबेँसी गाउँपालिका २ का ३१ वर्षीय शिक्षक किशोर पोखरेल पक्राउ परेका हुन् ।

भाषा आधारभूत विद्यालयमा कार्यरत पोखरेललाई उदयपुरको इलाका प्रहरी कार्यालय रामपुरले पक्राउ गरेको हो । छोरीलाई बलात्कार गरेको भन्दै पीडितका बुवाले गत बिहीबार उजुरी दिएका थिए । सोही आधारमा आरोपित शिक्षक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

स्वास्थ्य परीक्षणका क्रममा बालिकाको पेटमा २० हप्ताको गर्भवती रहेको खुलेको छ । उनलाई सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया