शुक्रबार, चैत १६, २०८०

कैँदीले रोपेर युवकको हत्या, दाजुभाइ पक्राउ

मेरोन्यूज २०७८ माघ ३ गते १०:४३

काठमाडौँ । जिल्लाको चन्द्रागिरि नगरपालिका बलम्बुमा कैँचीले रोपेर युवकको हत्या गरिएको छ । आइतबार दिउँसो दुई जना दाजुभाइले आक्रमण गरी चन्द्रागिरि नगरपालिका १२ बलम्बुमा बस्ने २६ वर्षीय रोशन रिजालको हत्या गरेका हुन् ।

हत्यामा संलग्न मकवानपुरको चित्लाङ घर भई चन्द्रागिरि ५ स्थित किसिपीडीमा बस्ने वर्ष १५ का अनुज बस्नेत र उनका दाजु २१ वर्षीय अभिषेक बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।

दुई जनाले कैँची र दाउले हानेर गम्भीर घाइते बनाएका रोशनको एपीएफ अस्पतालमा मृत्यु भएको थियो । घटनामा रुपन्देही घर भएका निरज मगर घाइते भएका छन् ।

प्रतिक्रिया