शनिबार, वैशाख १५, २०८१

मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु हुँदा राजमार्ग अवरुद्ध

मेरोन्यूज २०७८ माघ ३ गते १०:०८

कैलाली । कैलालीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु भएको छ । जिल्लाको लम्की चुहा नगरपालिका ४ बलियामा से ६ प ८७८६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ५५ वर्षीय मनसरा जैसीको मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको कोहलपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । ठक्कर दिने मोटरसाइकल र चालकलाई इलाका प्रहरी कार्यालय मोतीपुरले नियन्त्रणमा लिएको छ ।

आइतबार साँझ मोटरसाइकलको ठक्करबाट घाइते महिलाको आइतबार राति नै उपचारको क्रममा मृत्यु भएको हो । महिलाको मृत्युपछि आफन्तले कोहलपुरबाट शव ल्याएर सडकमा राखी आन्दोलन थालेका छन् ।

मृतकका परिवारका सदस्य तथा आफन्तहरूले अहिले पूर्व पश्चिम राजमार्गअन्तर्गत लम्कीमा सडक अवरुद्ध गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

प्रतिक्रिया