शनिबार, वैशाख ८, २०८१

रामकुमारी झाँक्रीले सय दिने प्रगति सार्वजनिक गर्ने

मेरोन्यूज २०७८ माघ ३ गते ७:१०

काठमाडौँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्री आज आफ्नो कार्य समीक्षा र प्रगति विवरण सार्वजनिक गर्ने भएकी छन् । मन्त्रालयको कार्यभार सम्हालेको सय दिन पुगेको अवसरमा उनले आज मध्यान्न पत्रकार सम्मेलनको आयोजना गरी प्रगति विवरण सार्वजनिक गर्ने भएकी हुन् ।

गत असार अन्तिम साता प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले २२ असोजमा मात्र मन्त्रिपरिषद् विस्तार गरेका थिए । २२ असोजमा १६ मन्त्री र २ राज्यमन्त्री थपिँदा झाँक्री पनि सहरी विकासमन्त्री बनेकी थिइन् ।

उनी आज १०० दिने प्रगति सार्वजनिक गर्न लागेकी हुन् ।

प्रतिक्रिया